काठमाडौं । नेकपा विवादमा सर्वोच्च अदालतले ऋषि कट्टेललाई वैधानिकता दिएपछि न्याय पाएको प्रतिक्रिया दिएका छन् । नेकपा ओली पक्ष र प्रचण्ड–माधव पक्षबीच नेकपाबारे विवाद भइरहेका बेला सर्वोच्च अदालतले आइतबार कट्टेलको पक्षमा फैसला सुनाएको हो ।
यसअघि आयोगमा कट्टेलको नाममा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० नामको पार्टी दर्ता थियो । तर तत्कालीन एमाले र माओवादी केन्द्र एकता गर्दा नेपाल कम्युनिस्ट पार्टी ९ने क पा० राखेर आयोगमा दर्ता गरेका थिए ।
त्यसविरुद्ध कट्टेल सर्वोच्च गएका थिए । आइतबार त्यसैको फैसला सुनाएको हो । फैसलापछि कट्टेलले आफुले पहिल्यै नाम नजुधाउन आग्रह गर्दा उनीहरुले ९ओली–प्रचड० ले नमानेको भन्दै तर अहिले न्याय पाएको प्रतिक्रिया दिए ।