काठमाडौँँ, १८ फागुन/ समाजिक अभियान्ता एवम् नेकपा प्रचण्ड माधब समुहका नेता पुण्य गौतमले गिनिज बुक अफ द वर्ल्ड रेकर्डमा नाम लेखाउने तयारीमा छन्। उनले आफु गिनिज बुकमा वर्ल्ड रेकर्ड राख्ने तयारीमा रहेको बताएका छन्।
उनले सामाजिक सन्जाल फेसबुकमार्फत् एकसाथ तीनवटा विधामा नाम लेखाउने जानकारी दिएका छन्। प्राविधिक तयारी पुरा भएर अन्तिम अवस्थामा पुगेको उनको भनाई छ।
उक्त रेकर्डले नेपालको गौरव बढ्ने उनको दाबी छ।

