धनगढी, फाल्गुन १५/ नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समुहका नेता तथा सुदुरपश्चिम प्रदेश सरकारका पूर्व भौतिक पुर्वाधार मन्त्री पठान सिँह बोहराले भारतका लागि कम्फर्टेवल हुने सरकार बनाउ भन्नु पुष्पकमल दाहाल प्रचण्डको असलियत भएको बताएका छन् ।
मन्त्री बोहराले सामाजिक सन्जाल फेशबुकमार्फत प्रचण्डले भारतका निम्ति सहज हुनेगरी सरकार बनाउनु पर्ने भनी दिएको अभिब्यक्तिको निन्दा गरेका छन् । उनले लेखेका छन् उक्त अभिब्यक्ति घोर आपत्तिजनक रहेको छ।
उनको यो भनाईले अन्तत: प्रचण्ड के हुन् ? उनी के चाहान्छन् भन्ने कुरा पनि अझ प्रष्ट भएको छ।
