• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

थारु समुदायको धार्मिक भावना जोडिएको ‘डेंहरी’

धनगढी, फाल्गुन १५/ किसानहरूले खेतबारीबाट बाली, अनाज उत्पादन गर्छन्। एक सिजन उत्पादन गरेको अनाज उनीहरूले वर्षभरि पुर्‍याउनु पर्छ। अन्न, तथा कृषि उपजहरूलाई लामो समयसम्म सुरक्षित भण्डारण गरेर राख्न किसानहरूले विभिन्न उपाय अपनाएका हुन्छन्।

जस्तो चोयाका भकारी, विभिन्न तरिकाले झुन्ड्याएर राख्ने, बुइगल तथा बार्दलीहरूमा फिँजाएर राख्ने, विभिन्न खालका भाँडामा हालेर राख्ने आदि।

सुदूरपश्चिमको पहाडी समुदायमा बाँसबाट निर्माण गरिएका भाँडामा खाद्यान्न भण्डारण गर्ने गरिन्छ। कैलाली, कञ्चनपुरमा बसोबास गर्ने थारु समुदायहरूको खाद्यान्न भण्डारण गर्ने तरिका भिन्न छ। उनीहरूले माटोबाट निर्मित डेंहरी ९भोकारी० मा खाद्यान्न भण्डारण गर्छन्।

थारु समुदाहरू धान खेती भण्डारण गर्ने समयमा नयाँ माटोका डेंहरी बनाउने गर्छन्। कार्तिकमा धान भित्र्याउने र मंसिरमा गुहँ बाली लगाउने काम हुन्छ। गहुँ बाली लगाई सकेपछि थारु समुदायमा माघी पर्वको तयारी र चहलपहल सुरु हुन्छ। माघी पर्व सकिन्नेबित्तिकै खाली रहेको सयमा उनीहरू डेंहरी बनाउने गर्छन्।

डेंहरी बनाउन चिम्टाइलो माटो, धानको पराल र गहुँको भुस प्रयोग गरिन्छ। ​ थारुहरूको घरमा डेंहरी नहुँदा घरको शोभा समेत नहुने गरेको कैलारी गाउँपालिका–७ बसान्ताकी सुनिता चौधरी बताउँछिन्।

‘घरमा डेंहरी नभए यसको घरमा सम्पत्ति नै रहन्छ भन्ने गर्छन्’, सुनिताले भनिन्, ‘त्यसले गर्दा हरेकले माटोको भकारी बनाएका हुन्छन्।’

अन्नबाली राख्न यसरी माटोको भकारी बनाउने प्रचलन थारु समुदायमा पुर्खा देखिकै हो। टिनका भाँडामा धान राख्दा चिसोले बिग्रिन डर भएपनि डेंहरी मा कुनै त्यस्तो समस्या नहुने गरेको वसन्ताकै अर्की स्थानीय गौरी चौधरीको भनाइ छ।‘टिनको भाँडोमा खाद्यान्न राख्द एक वर्षपनि रहँदैन्’ गौरीले भनिन् ‘डेंहरीमा जति वर्षसम्म राख्दा पनि केही हुँदैन्।’

डेंहरीको साँस्कृतिक पक्ष

डेंहरी थारु समुदायको संस्कृतिसँग मात्रै नभएर धार्मिक भावनासमेत जोडिएको छ। डंगेरीको आफ्नै धार्मिक महत्व भएको र यो कुरा नयाँ पिँढीलाई बुझाउन आवश्यक रहेको गौरी बताउँछिन्।

डेंहरी खासगरी महिलाले बनाउने गर्दछन्। परम्परागत यस्ता भकारीमा गहुँ, धान, मकै, तोरी, केराउलगायतका अन्न राख्ने गरिन्छ।ग्रामीण क्षेत्रका अधिकांश घरमा बूढापाका महिलाले बनाएर राखेका माटाका भकारी लहरै राखेको देखिन्छ।

धेरै थारु समुदायका घरमा त्यस्ता भकारी राख्ने क्रम हराउँदै गएको छ। अर्का स्थानीय रामचरण चौधरीको भनाइ छ। डेंहरी धेरै प्रकारको हुने गरेको रामचरणले जानकारी दिए। उनका अनुसार जसमा डेंहरी, पटाहा डेंहरी, जवरा, चारकुने, गोल र कुठली जस्ता प्रकार रहेका छन्।

पटाहा डेंहरी देवता रहने कोठाको पश्चिममा राखिने गरिएको छ। यसले भान्छा र डिहुरार ९देउथान० छुट्टयाउने गर्दछ। अन्य डेंहरीको तुलनामा यो ठूलो हुन्छ।

यस डेंहरीलाई कहिल्यै पनि खाली राख्नु नपर्ने र राखेमा अशुभ हुने विश्वास थारु समुदायमा रहेको छ। पटाहा डेंहरी फुटेमा, भत्किएमा यसमा राखिएको अन्न चेलीबेटीलाई दिने चलन छ। पटाहा डेहरीमा पाँच वटा हातको छाप र एउटा फलामको किला गाडेको हुन्छ।

त्यो किलामा झोरर्या ९झोली० राखी त्यसमा गुरुवाले मन्त्रसहित दिएको अक्षता र धुप राखिएको हुन्छ।
डेंहरी विशेष गरी लाम्चो चारकुने विभिन्न आकार र उचाइको बनाइने गरिन्छ। कुठली अरु डेंहरीको तुलनामा सानो हुन्छ। यसलाई पटाहा डेंहरीकै नजिक राखिन्छ।

अन्यलाई आवश्यकता अनुसार घरका विभिन्न ठाउँमा राख्ने गरिन्छ। यसमा विशेषगरी दैनिक आवश्यक पर्ने नुन, दाल, चामलसँगै अन्नको बीउलगायत राख्ने गरिन्छ। डेंहरी अन्न भण्डारका लागि थारु समुदायको प्रमुख वस्तु हो।

जवरामा धानको भुस राख्ने गरिन्छ। ‘डेंहरी राखिएको छ भने टाढैबाट थारु समुदायको घर हो भन्ने ठम्याउन सकिन्छ। यो बनाउन जान्ने व्यक्ति थारु समुदायमा हराउँदै गएकाले अहिले थोरैका घरमा मात्रै अब डेंहरी भेटिने स्थानीय प्रेम चौधरी बताउछन्।

 

शनिबार, फागुन १५, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

Recent Posts

  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.