धनगढी, १२ फागुन
असहायको सेवामा कार्यरत संस्था दृष्टी फाउन्डेशनलाई बिहीबार सुदूरपश्चिमेली समाज मलेसियाले सहयोग गरेको छ ।

सुदूरपश्चिमेली समाज मलेसियाका अध्यक्ष पदमराज जोशीको पहलमा १३ हजार १ सय ६० नेपाली रुपियाँ सहयोग गरिएको हो । दृष्टी फाउन्डेशनका संचालिका कल्पना भट्टका अनुसार धनगढी उप–महानगरपालिका वडा नं ६ का स्थानीय डण्डीराज सुवेदी र पदमराज जोशीका भान्जा डिल्लीराम जोशीको पहलमा सहयोग भएको छ । सुदूरपश्चिमेली समाज मलेसिया र सहयोग गर्ने सबैलाई भित्री मनदेखि नै आभार ब्यक्त गर्दछौं भट्टले भनिन्, यस्तै मनकारीहरुले दृष्टि फाउन्डेशन संचालन गर्न सकिएको छ । परदेशको भूमिका बसेर पनि सहयोग गर्ने मनकारीहरु प्रति दृष्टि फाउन्डेशन कृतज्ञता ब्यक्त गर्न भट्टले भनिन् ।
