काठमाडौँ, फाल्गुन १२/ लोकप्रिय गायिका बिष्णु माझि र अहिलेका चर्चित गायक अलिफ खानको लोक दोहोरी एल्बम ‘तिम्रो खबर’ सार्बजनिक भएको छ।
उक्त दोहोरी गितमा गणेश खनालको शब्द र कुसुम भण्डारीको लय रहेको गायक अलिफ खानले बताए । गितलाई माया गरिदिन गायक खानले आग्रह समेत गरेका छन् ।
भिडियो लोकेन्द्र शाहले निर्देशन गरेका हुन् । उक्त भिडियो आस्था कला केन्द्रले निर्माण गरेको छ। गीतलाई सलिना म्युजिकको आधिकारिक युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरिएको छ।
