धनगढी, फाल्गुन ११/ एभरेस्ट एकेडेमीले भुमिका नामक नाटक निर्माण गरेको छ । नाटकको माध्ययम बाट हामी सुदुरपश्चिमलाई रंगमञ्च बनाउने हेतुले अभियान पनि सुरु गरिएको हो ।
अभियानका लागि १ हप्ताको वर्कसप सञ्चालन गरेका र सो स्ञचालन गर्दा विद्यार्थिहरुको लगाब देखेपछि एउटा नाटक बनाउने सोच गरेको एभरेस्टले जनाएको छ।
त्यही बेला बैतडीकि भागरथी भट्टको घटना घट्यो । हामीले भागरथी मात्र नभएर भागरथी जस्ता धेरैको लागी बोल्नुपर्छ भनेर उक्त्त नाटक निर्माण गरेको कार्यक्रम संयोजक सुनिल पन्तले बताए ।
उनले यो नाटक हामीले १ हप्ताको अवधिमा तयार पारेका र यस नाटकमा एभरेष्ट एकेडेमीका कक्षा ६ देखि ९ सम्मका विद्यार्थी रहेको बताए।
