धनगढी, फाल्गुन ६ / विदेशी ब्रान्डका लुगाहरूले बजार पाइरहेको अवस्थामा नेपाली उत्पादनको रूपमा रहेको डक्टर डेनिमले सुदूरपश्चिममा आफूलाई स्थापित गर्न थालेको छ । महिला तथा पुरुषहरुका लागि डक्टर डेनिमले नेपालमै विभिन्न प्रकारका लुगाहरू उत्पादन गरेको हो ।
पछिल्लो समय डक्टर डेनिमले सुदूरपश्चिम प्रदेशमा पनि आफूलाई केन्द्रित गरेको छ । अहिले धनगढी र महेन्द्रनगरमा आफ्नो उत्पादन बिक्री गरिरहेको अवस्थामा अब केही दिनमै टिकापुरमा पनि उक्त ब्रान्ड पाइने डक्टर डेनिमका सञ्चालन सुमन गौतमले बताए ।
अहिले सुदूरपश्चिम प्रदेशमा पनि हाम्रो ब्रान्ड प्रयोग गर्नेहरूको सङ्ख्या बढिरहेको छ उनले भने स्वदेशमै उत्पादन भएको हुँदा पनि हामीलाई धेरैले रुचाउनु हुन्छ । बिहीबार धनगढीमा पत्रकार सम्मेलनको आयोजन गर्दै डक्टर डेनिमले सुदूरपश्चिम प्रदेशका अन्य जिल्लामा पनि आफ्नो ब्रान्ड पु¥याउने जनाएको छ ।
अहिले धनगढीको एसएस कलेक्सन,रोज कलेक्सनमा उक्त ब्रान्ड पाइन्छ । केही दिनमा टिकापुरको एमएस कलेक्सनमा पनि पाइने गौतमले बताए ।
पत्रकार सम्मेलनमा कमेडी च्याम्पियन हिमेस पन्त र प्रेम गीत ३ का नायक मनिस राउतको पनि सहभागिता रहेको थियो ।
डक्टर डेनिमका ब्रान्ड एम्बेस्टर समेत रहेका नायक रावतले नेपालकै उत्पादनलाई प्राथमिकता दिन आग्रह गरेका थिए ।

