ललितपुर । अधिवक्ता डा. जानकी तुलाधर गण्डकी प्रदेश सरकार मन्त्री परिषदको नीति तथा योजना आयोगमा मनोनीत भएकी छन् ।
२ दशक भन्दा लामो समयदेखि मानवअधिकार र न्यायको लागी काम गर्दै आएकी डा. तुलाधरलाई निती तथा योजना आयोग ( गठन तथा कार्य संचालन) आदेश २०७४ को दफा (८) को खण्ड (ट) बमोजिम गण्डकी प्रदेश सरकार मन्त्री परिषदको २०७६ असार ३ गतेको निर्णयले नीति तथा योजना आयोगको सदस्य पदमा मनोनीत गरेको हो ।