धनगढी, माघ २०/ प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीलाई चाहिने आवश्यक सुविधा उपलब्ध गराउने बताएका छन्।
राष्ट्रिय खेलकुद परिषद्ले मंगलबार आयोजना गरेको खेलकुदसँग प्रधानमन्त्रीु कार्यक्रममा ओलीले खेलाडीका लागि चाहिने सामग्री र सुविधा दिन सरकार प्रतिबद्ध रहेको बताए।
‘खेल जित्नका लागि खेल सामग्री र सुविधा दिन्छौं। गच्छ अनुसार न्यूनतम आवश्यकता परिपूर्ति गर्ने काम गर्नुपर्छ, ओलीले भने, हामी बजारमा आवश्यक सामान किन्न जाने कारोबार गर्नुपर्छ। सपिङ जाने हिसाबको करोबार होइन।’
ओलीले सपिङलाई आफ्नै हिसाबले व्याख्या गर्दै बजारमा सामान किन्न जानु र सपिङ जानुमा फरक भएको बताए।
तपाईं हामी कहिले(कहिले आवश्यक सामान किन्न जान्छौं। कहिले-कहिले सपिङ गर्न जान्छौं। खास गरेर योङ जेनेरेसनु सपिङ गर्न जान्छ। सपिङ भनेको के हो भने पैसा बोकेर जाने, कुन चाहिँ राम्रो लाग्छ त्यो किन्ने, चाहिएर किन्ने होइन।
ओलीले भने, हाम्रो सरकारले सपिङ धान्न सक्दैन तर दैनिक आवश्यक पर्ने सामान किन्न सक्छ। त्यही अनुसारको खेलाडीलाई आवश्यक सामग्रीको सहयोग हुन्छ।