धनगढी, माघ १५/ इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड पराजित भएको छ । बुधवार राति भएको खेलमा घरेलु मैदानमै युनाईटेड पुछारको सेफिल्ड युनाईटेडसँग २(१ गोल अन्तरले पराजित भएको हो ।
खेलको २३ औं मिनेटमा किन ब्रायनले गोल गर्दै सेफिल्डलाई अग्रता दिलाएका थिए । तर, खेलको ६४ औं मिनेटमा ह्यारीले गोल गर्दै युनाईटेडलाई १/१ गोलको बराबरीमा फर्काए ।
त्यसपछि खेलको ७४ औं मिनेटमा ओलिभर बुर्केले गोल गर्दै सेफिल्डलाई २(१ को जित दिलाए । पराजित भएसँगै युनाईटेडले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।
दोस्रो स्थानको युनाईटेडको २० खेलमा ४० अंक रहेको छ । लिग लिडर म्यानचेस्टर सिटीको ४१ अंक रहेको छ ।
सेफिल्ड ८ अंक जोडेर पुछारमा रहेको छ ।