धनगढी, पुष २९/ स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको एट्लेटिको म्याड्रिडले सेभियालाई पराजित गरेको छ। मंगलबार राति भएको लिगको खेलमा एट्लेटिकोले २(० गोलको जित निकालेको छ।
खेलको १७ मिनेटमा कोरिआले गोल गरेर एट्लेटिकोलाई अग्रता दिलाए। ७६ मिनेटमा साउलले एट्लेटिकोको अग्रता दोब्बर पारे।
सेभियाले पछिल्ला १० खेलमा पहिलो हार बेहोरेको हो। लिगको अर्को खेलमा ग्रानडाले ओसासुनालाई २(० गोल नै पराजित गरेको छ।
लिगको अंक तालिकामा शीर्ष स्थानको एट्लेटिकोले १६ खेलबाट ४१ अंक जोडेको छ।
दोस्रो स्थानको रियल म्याड्रिडको १८ खेलबाट ३७ अंक र तेस्रो स्थानको बार्सिलोनाको ३४ अंक छ।
सेभिया १७ खेलबाट ३० अंक जोड्दै छैटौं स्थानमा छ।