धनगढी,पुष २५/ प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता माघ २ गतेदेखि शुरुहुने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् राखेपको आयोजना तथा नेपाल क्रिकेट संघ क्यानको ब्यवस्थापनमा हुन लागेको प्रतियोगितामा सात वटा प्रदेश र तीनवटा विभागीय गरि १० टिमको सहभागीता रहने भएको छ । क्यानले शुक्रबार प्रतियोगिताको तालिका पनि सार्वजनिक गरेको हो ।
प्रतियोगिताको उद्घाटन खेलमा विभागिए टिम त्रिभुवन आर्मी र गण्डकी प्रदेश भिड्ने भएका छन् ।
माघ १७ गतेसम्म चल्ने प्रतियोगिता कीर्तिपुर र मुलपानी मैदानमा हुनेछ । पहिलो दुई दिनका खेल कीर्तिपुर मैदानमा हुनेछ । दश टिमलाई दुई समूहमा विभाजन गरेको छ ।
जसमा समूह ‘ए’ मा आर्मी, एपीएफ, गण्डकी, प्रदेश एक र कर्णाली प्रदेशलाई राखिएको छ । समूह ‘बी’ मा नेपाल पुलिस क्लव, बागमती, लुम्बनी, प्रदेश दुई र सुदूरपश्चिम प्रदेशलाई राखिएको छ ।
दुई समूहका शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् । त्यसको विजेताले फाइनल खेल्नेछन । फाइनल माघ १७ गते हुनेछ ।
