धनगढी, २२ पुस/नेपाल कम्युष्टि पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश संसदीय दलका सचेतक अक्कल रावलले सफाइ पाएका छन् ।
बुधबार जिल्ला अदालत कैलालीले उनलाई सफाइ दिएको हो ।
गत माघमा सासंद रावललाई जवरजस्ती करणी मुद्धा लागेको छ । जिल्ला अदालत कैलालीको १ नम्बरको इजलास रावललाइ सफाइ दिएको हो ।
सफाइ पाए संगै रावल मन्त्री बन्ने खुलेको छ । अछामको प्रतिनिधित्व गर्दै आर्थिक मामिला तथा योजनामन्त्री बनेका झपट बोहराले राजिनामा समेत आजै दिएका छ्न ।
सासदं रावलले सोही मन्त्रालयको जिम्मेवार पाउने सम्भावना रहेको छ । रावल अछामको २ नम्बर क्षेत्रको प्रदेश सभा क बाट निर्वाचित हुन ।