बाजुरा, पुष १९/ जिल्लाको बुढीगंगा नगरपालिकामा एक महिलामाथि दुर्व्यवहार गर्ने युवक प्रहरीले नियन्त्रणमा लिएको छ । सोही नगरपालिका– ७ लामागाँउ बस्ने अन्दाजी ३८ बर्षका भरतराज गिरीले एक महिलालाई दुव्र्यवहार गरेका हुन् ।
गिरीले राती महिला घरमा एक्लै भएको बेला महिलाको घरमा गएर दुर्व्यवहार गरेको प्रहरीलाई टेलिफोन मार्फत जानकारी दिएपछि प्रहरीको टोलीले नियनत्रणमा लिएको प्रहरी नायव उपरिक्षक मदनजीत महराले जानकारी दिए ।
महिलाले आफुलाई घरमा कोही नभएको बेला पटक पटक ढोकामा हानेर ढोका खोल्न लगाई दुव्यवहार गरेको पिडित महिलाले बताएकी छन् । दुर्व्यवहार गरेपछि आफुले प्रहरीलाई खबर गरेको उनले बताईन् । प्रहरीलाई खबर गरेपछि गिरीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बाजुरा ल्याइएको छ ।
महिलाको जाहेरीका आधारमा थप कारबाहीको प्रक्रिया सुरु हुने प्रहरीले जनाएको छ।