धनगढी १५ पुस/ वर्षौंदेखि हाम्रो घर तथा अफिसको ताला चाबी हामीसँगै छ । प्रविधिको विकाससँगै इन्टरनेट कम्पनीहरुले पासवर्ड रुपी ‘भर्चुअल’ ताला चाबीमार्फत सुरक्षाको तौरतरिका फेरिदिए ।
हुँदा हुँदा अहिले आएर घर, पसल र बाकसको सुरक्षा समेत पासवर्डको भरोसमा चल्न थालेको छ । बैंक अकाउन्ट, लकर, घरको सुरक्षा प्रणाली सबैमा यस किसिमको भर्चुअल चाबीको प्रयोग बढ्दै गएको छ । तर प्रविधि कम्पनीनै पुरानो जमानाको चाबीमा भर पर्न थाले भने के होला रु
हालै मात्र विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जाल कम्पनी फेसबुकले डेटा सुरक्षालाई थप प्रभावकारी बनाउन आउँदो वर्ष विश्वभरका प्रयोगकर्ताका लागि ‘फिजिकल सेफ्टी कि’ ९भौतिक सुरक्षा साचो० उपलब्ध गराउने घोषणा गरेको छ ।
फेसबुकका सुरक्षा नीति प्रमुख नथानियल ग्लिकरका अनुसार प्रयोगकर्ताले विभिन्न बिक्रेतामार्फत यो टोकन अर्थात फिजिकल साँचो खरिद गर्न सक्नेछन् । यस्ता साचोहरु अनलाइनबाट समेत खरिद गर्न सकिने बताइएको छ । फेसबुकमा रजिस्टर गर्दा नै यसको प्रयोग गर्न सकिनेछ ।
फेसबुकले भनेको छ कि ह्याकरहरुले महत्वपूर्ण व्यक्तिका सामाजिक सञ्जालसँग जोडिएका जानकारीहरुलाई निशाना बनाइरहेका छन् । यदि तपाईं सीईओ वा ठूलो नेता होइन भने पनि तपाईं आफ्नो क्षेत्रको महत्वपूर्ण व्यक्ति हुन सक्नुहुन्छ वा तपाईंलाई ह्याकरले निशाना बनाउन सक्छन् ।
ह्याकरको खतराबाट जोगाउनका लागि फेसबुकले अहिलेसम्म संरक्षणको रुपमा टु स्टेप भेरिफिकेसन तथा रियलटाइम मनिटरिङ प्रयोग गर्दै आएको छ । तर ‘फिजिकल सेफ्टी की’ सार्वजनिक हुने सन्दर्भलाई लिएर अन्ततः प्रविधि कम्पनीहरु समेत वर्षौंदेखि चलनचल्तीमा रहेका पुरानै सुरक्षा मानकमा फर्किनु परेको अर्थमा विश्लेषण गर्न थालिएको छ ।
यदि प्रयोगकर्ताले सेक्युरिटी साचो प्रयोग गरेको खण्डमा ह्याकरले पासवर्ड पत्ता लगाएको अवस्थामा समेत उनीहरुको अकाउन्टमा घसपैठ गर्न नसक्ने फेसबुकको दाबी छ । अहिलेसम्म फेसबुकले यस्तो ‘भर्चुअल की’ अमेरिकी नेता, सरकारी निकाय र मतदान कर्मचारी जस्ता हाई प्रोफाइल अकाउन्टका लागि उपलब्ध गराउँदै आएको छ ।
अब भने आउँदो सालदेखि विश्वभरका आम प्रयोगकर्ताले समेत मोबाइल एप तथा डेक्सटपमा लग ईन अघि पहिचान पुष्टी गर्नका लागि ‘फिजिकल सेफ्टी की’ प्रयोग गर्न सक्नेछन् । ‘फिजिकल सेफ्टी की’ पेन्ड्राइभ जस्तै हुने गर्छ ।
यसलाई यूएसबी पोर्टमा लगाउनुपर्ने हुन्छ । गुगलले सबैभन्दा पहिला सन् २०१४ मा ‘यूएसबी सेक्युरिटी की’ सार्वजनिक गरेको थियो । फेसबुकको ‘फिजिकल सेफ्टी की’ को मूल्य कति पर्नेछ भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन ।