२०४३ को आमचुनावमा मालेबाट पद्मरत्न तुलाधर पहिलो पटक सूर्य चुनाव चिह्नबाट काठमाडौंमा उम्मेदवार भए । सुर्य चुनाव चिन्हबाट उनि विजय भएपछि, २०४७ को पुसमा तत्कालीन मार्क्सवादी र माले एकीकृत भएर नेकपा एमाले बन्यो र चुनाव चिन्ह सुर्य भयो ।
पछि २०५४ मा सीपी मैनाली एमाले फोडेर मालेतिर लागे, उनले अल्पमतमा पार्टी विभाजन गरेका कारण चुनाव चिह्न सूर्यबाट तारा भयो ।
पार्टीको नाम, झन्डा र चुनाव चिह्न जसको बहुमत छ, उसैको हुने स्पष्ट कानुन छ । अहिले प्रचण्ड नेपाल समुहको स्पष्ट बहुमत छ त्यसैले सुर्य चुनाव चिन्ह प्रचण्ड नेपाल समुहकै हुने निश्चित छ ।