काठमाडौं, १ पुस / भारतको कानपुरमा एक सैनिक अधिकारीले साथीको श्रीमतीलाई ब’लात्कार गरेका छन् । ब’लात्कारको आरोप लागेका ती सैनिक भर्खरै कर्नेलमा पदोन्नती भएका हुन् । घटना आइतबारको हो ।
उनले पदोन्नति भएको अवसरमै आफ्ना साथी र उनको श्रीमतीलाई पनि बोलाएर पार्टी गरेका थिए । र, पार्टीमा साथीलाई बेहोस हुने औषधि खुवाएर उनकी श्रीमतीलाइ ब’लात्कार गरेको भारतीय समाचार माध्यमहरुले उल्लेख गरेका छन् । ती कर्नेलले पार्टीमा साथीलाइ दिएको खाने कुरामा नशालु औषधि मिसाएर दिएको खुलेको छ ।
त्यसपछि उनले साथीको श्रीमतीलाइ ब’लात्कार गरेका थिए । प्रतिकार गर्दा ती कर्नेलले महिलालाई कु’टपीट समेत गरेको बताइएको छ । ती साथीकी श्रीमती रसियन भएको बताइएको छ ।
पीडित श्रीमान श्रीमतीले उजुरी दिएपछि ती बला’त्कार गर्ने कर्नेललाई स्थानीय प्रहरीले पक्राउ गरी हिरासतमा लिएको बताइएको छ । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।