धनगढी, मंसिर २९/ कञ्चनपुरमा नेपालीकी श्रीमती भगाउने भारतीय नागरिक पक्राउ परेका छन् ।
बेलौरी नगरपालिका वडा नम्बर ६ हात्तीबोजका बिमल रानाकी २० वर्षीया श्रीमती कञ्चन रानालाइ भगाएको भन्दै प्रहरीले भारतको पिलिभितका २२ वर्षीय हजीम खानलाइ पक्राउ गरेको हो । सशस्त्र प्रहरीका अनुसार उनलाइ नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको हो ।
खानलाइ भारतीय सीमा सुरक्षा बल ९एसएसबी०को जिम्मा लगाइएको र रानालाइ इलाका प्रहरी कार्यालय बेलौरीमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गणका सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर ऐरले बताए ।