धनगढी, २८ मंसिर/ कैलालीको लम्कीचुहा नगरपालिका–१ थकालिपुर ‘सी’ टोलबाट तीन ग्राम ३० मिलिग्राम खैरो हिरोईन सहित ५ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा लम्किचुहा–१ का २७ बर्षीय खगेन्द्र जैशी, सोही ठाउँका २५ बर्षीय सन्देश खत्री, जानकी गाउपालिका–९ का प्रकाश साउँद , जानकी गाउपालिका–३ वर्ष १९की सबिना चौधरी र बर्दिया गुलरियाकी १७ बर्षीया मुस्कान विक रहेका छन् ।
आईतबार बिहान ७ बजेको लागु औषध कारोवार गरिरहेको गोप्य सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय लम्कीले उनिहरुलाई पक्राउ गरेको हो ।
लामो समय देखि प्रहरीले उनिहरुलाई पिछा गरिरहेको र आज प्रकाउ गर्न सफल भएको लम्कीका प्रमुख भरत शाहले बताए ।
