• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

सिगासमा सडकखण्ड बिबाद उत्कर्षमा, महिलामाथि हातपात ! यस्तो छ वास्तविकता

"सडकखण्ड निर्माण कार्य चरम बिबादित "

टेक सिँह धामी/ धनगढी, मंसिर २८/ बैतडीको सिगास गाउँपालिकामा सडकखण्ड निर्माण कार्य चरम बिबादित बनेको छ।

सिगासमा सिन्याखेत देखि वडा नं ०५ जोड्ने सडक निर्माणका क्रममा विवाद हुँदा २ जना माथी हातपात भएको छ। गाउँपालिकाका अध्यक्षका भाई तथा सिगास ५ को भुवनेश्वरि मा.बि मा कार्यरत शिक्षक समेत रहेका बिरेन्द्र सिंह धामी बिबेक र तिलक धामीले आफुमाथि दुरब्यबाहार र हातपात गरेको गौरा धामीले सुदुरपत्रलाइ बताइन्।

उनले भनिन् “बिरेन्द्र धामीले बिधालयबाट केही बिधार्थी लिएर आयो। एकाएक आएर हामीलाइ झम्टेर लछारपछार गरेर हामी माथि हातपात गर्यो, मेरा श्रीमानलाइ कृट्यो, म माथि दुरब्यबाहार र गालि गलौज भएको छ। अब यसका विरुद्ध कानुनि उपचार खोज्छु, म जिल्ला प्रहरी कार्यालयमा जाहेरि दिने प्रकियाका लागि जिल्ला प्रहरी कार्यालय बैतडी गइरहेकी छु। गाउँपालिका अध्यक्ष हरि सिंह धामीकै भाइ भएकै कारण आफुमाथि यस्तो दुरब्यबाहार भएको र यो सत्ता र शक्तिको दम्भको उदाङ्गो उदाहरण भएको धामीले आरोप लगाइन्”।

उनकै शब्दमा “बिरेन्द्र धामी बिगतमा पनि अराजक गतिविधिका घटनामा मुछिएको ब्यक्ति हो, हाम्रो पावर छ भन्ने दम्भ देखाउने गलत प्रवृत्ति भएको, अराजक गतिविधि गर्दै हिन्ने उसको ब्याकग्राउन्ड हो”। भोली समाजमा यस्ता घटना नदोहोरिउन भन्नकै लागि पनि कानुनि कारवाहीको प्रक्रियामा जाने धामीले बताइन्।

के भन्छन् शिक्षक विरेन्द्र सिह धामी ‘विवेक’..?

शिक्षक विरेन्द्र सिह धामी ‘विवेक’ले भने महिलाहरुले आफुलाई हातपात तथा गाली गलौच गरेको र सडक खण्ड निर्माणका बेला बिबादित बनेको बिषयलाइ लिएर मलाइ फसाउन खोजिएको दाबी गरेका छन्।

उनले भने ” मैंले हातपात गरेको होइन, महिलाले हसिया बोकेर आएका थिए, विवादका क्रममा आइलाग्दा प्रतिकार गरेको हो। महिलाले अश्लिल गालीगलौज गरे, केटाहरुले पनी प्रतिकार गरेका हुन्। म माथी आक्रमण गर्न खोजे तर आत्मरक्षाका लागि प्रतिकार गरेको गरेको हो “।

बिरेन्द्र धामीले गौरा धामीले गालि गलौज गरेको भनि इलाका प्रहरी कार्यालय पाटनमा कारबाहीको माग गर्दै निवेदन दिएका छन् ।

हेर्नुहोस् यस्तो छ निवेदन

शुक्रबार साझँ सिन्याखेत देखी वडा नम्बर ५ जोड्न सडकको डिपीआर भन्दा अन्य स्थानबाट निमार्ण गर्न खोज्दाँ स्थानीय दुइ पक्षहरू बिच बिबाद भएको थियो।

आइतबार, मङि्सर २८, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.