काठमाडौं, मंसिर २६/ बोटलर्स नेपालको कम्पनीमा राजस्व अनुसन्धान विभागले छापा हानेको छ ।
पूँजीगत लाभकर छली गरेको आशंकामा विभागको टोलीले मंगलबार कम्पनीमा कागजात नियन्त्रणमा लिएको विभागका उच्च अधिकारीले पुष्टि गरेका छन् ।
ती अधिकारीका अनुसार सेयर खरिदबिक्रीमा लाग्ने पूँजीगत लाभकर छली गरेको आशंकामा कम्पनीका कागजात नियन्त्रणमा लिएको हो ।
यस विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।