धनगढी, मंसिर २४/ गएराति पाल्पाको प्रहरीले बगनासकाली स्वास्थ्य चौकी नजिकै खोल्सामा फालिएको अवस्थामा एक नवजात शिशु मृत फेला पारेको छ ।
बगनासकाली गाउँपालिका –१ खोरबारी भन्ने स्थानमा रहेको हेल्थ पोष्ट नजिकैको खोल्सामा नवजात शिशु (छोरा) मृत फेला पारिएको पाल्पाका प्रहरी प्रबक्ता डिएसपी मदन गिरिले दिएको सूचनामा उल्लेख छ ।