धनगढी, २१ मंसिर/ सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-७ स्थित लोक सेवा आयोगको कार्यालयबाट एक नक्कली परीक्षार्थी पक्राउ परेका छन्।
प्रहरीले हुम्लाको सर्केघाट गाउँपालिका-४ का २२ वर्षीय राम शाहीलाई हिजो दिउँसो पक्राउ गरेको हो।
सोही ठाउँका २३ वर्षीय रामजंग शाहीको नाममा लोक सेवा आयोगले लिएको प्राविधिक प्रहरी जवानतर्फको परीक्षामा सहभागी भएको पाइएपछि उनलाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको टोलीले पक्राउ गरेको हो।
