धनगढी, २१ मंसिर/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश पार्टी कार्यालय धनगढीमा एक युवा अनशन बसेका छन् ।
पाँच बुदे माग राख्दै नेकपा डडेल्धुरा जिल्ला कमिटी सदस्य पदम बोहरा प्रदे पार्टी कार्यालयमा अनशन बसेका हुन ।
उनले पार्टी विभाजन कुनैपनि हालतमा रोक्नुपर्ने, नेताहरुले पारिवारिक, व्यक्तिगत र गुटगत स्वास्र्थ भन्दा माथि उठेर जनताको निम्ती काम गर्नुपर्ने, पार्टीका दुवै अध्यक्षले आ–आफ्नो प्रस्ताव फिर्ता लिन छलफल चलाउनु पर्ने, पार्टी एकताको बाकी काम अगाडी बढाउदै महाअधिवेशनसम्म पुर्याउनु पर्ने र संघियता गणतन्त्र रक्षाकोलागि एकजुट हुनुपर्ने माग राखेका छन् ।
अनसनरत बोहरा पत्रकार महासंघ डडेल्धुराका सह–सचिव र प्रेस संगठन सुदूरपश्चिम प्रदेश कमिटी सदस्य हुन ।