धनगढी, २१ मंसिर/ शनिबारको सचिवालय बैठ्कमा नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापालाई बालुवाटारबाट हटाउन भने ।
त्यसको झोकमा आज बिहान सुर्य थापाले आफ्नो फेसबुक पोस्टमा उपाध्यक्ष गौतमको (ट्राफिक निमय मिचेको) अर्थात प्रवेश गर्नै नपाउने ठाउँबाट भित्र प्रवेश गर्दै गरेको पुरानो फोटो राख्दै लेखे ‘को कस्तो ? तस्बिर काफी छ !’
उनको त्यो फेसबुक पोस्टमा दुई घण्टामा करिब ११ सय प्रतिक्रिया आयो । उनको उक्त पोस्टमा झण्डै ९९ प्रतिशत गाली र नक्रात्मक प्रतिक्रिया आए ।
अधिकाशं नेकपाका कार्यक्रर्ता र केपी ओली सर्मथकले समेत उनलाई उक्त पोस्ट डिलीट गर्न र पार्टीका ठुला नेतालाई यसरी नखुईल्याउन आग्रह समेत गरे ।
झण्डै तीन घण्टामा ११ सयबढीले गरेको गालीलाई थेग्न नसकेपछि सुर्य थापाले अहिले उक्त पोस्ट डिलीट गरेका छन् ।