धनगढी, १९ मंसिर: धनगढी डान्स च्याम्पीयनसिप सिजन २ को उपाधी कैलालीको गोदावरीकी महिमा चौधरीले जितेकी छन् ।
शुक्रबार धनगढीमा भएको फाइनलमा सबैभन्दा भोट पाएर उनले उपाधी जितेकी हुन् ।उत्कृष्ट छनोटमा परेका ७ जनाले फाइनल जित्न प्रतिस्पर्धा गरेका थिए ।
विजेता भएकी चौधरीले नगद एकलाख पुरस्कार पाउने ओयोजक द ट्वीन्स डान्स इन्स्टिच्युटका केशव बलायरले बताए ।
कञ्चनपुरकी हिरा धामी फस्ट रनरअप भइन । उनले नगद ५० हजार पुरस्कार प्राप्त गर्ने बलायरले बताए ।कैलालीकै चाहना लोहिया र रोशन घिमिरे सेकेण्ड रनरअप भएका छन् । उनीहरुले नगद २०÷२० हजार पुरस्कार प्राप्त गर्नेछन् ।सबैलाई ट्रफी, मेडल र प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।
प्रतियोगिता २०७६ को भदौदेखि सुरु भएको थियो । प्रतियोगितामा सुदूरपश्चिमका २ सय बढी सहभागि भएका थिए । यसअघि गत फागुन २४ गते हुने भनिएको फाइनल कोरोनाका कारण सरेको थियो ।