धनगढी, १४ मंसिर/ बझाङको बुगंल नगरपालिकामा ६२ जना नेकपाका नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
पुर्व राज्यमन्त्री तथा नेपाली कांग्रेसमा नेता नरेश बहादुर सिंहको उपस्थितिमा विगत लामो समय देखि नेकपामा संगलग्न नेता तथा कार्यकर्ताहरु कांग्रेसमा प्रवेस गरेका हुन।
नेकपाको सरकार बाट जनअपेक्षा अनुसार काम नभएको, भ्रष्टाचार मौलाएको भन्दै बुगंल नगरपालिकाका झण्डै ६२ जना नेकपाका नेता तथा कार्यक्रता नेपाली कांग्रेसमा प्रवेश गरेका हुन ।
नेपाली कांग्रेस नगर कमीटीले आयोजना गरेको क्रियाशिल सदस्यता नवीकरण र वितरण कार्यक्रममा प्रवेश गरेका हुन ।