धनगढी, ३० कार्तिक- न्यु उपदेश युवा क्लवले धनगढी ६ जालीले आयोजना गरेको खुला दौड प्रतियोगितामा नविन चौधरी प्रथम भएका छन् । दौड प्रतियोगिताको दोस्रो दिपेश चौधरी र तेस्रो प्रेम एसके भएका छन् ।
दिपावलीको अबसरमा जालीको पिल चौक देखी सुरु गरेको क्लवले आयेजना गरेको दौड प्रतियोगितामा तिस जना प्रतिसपर्धी सहभागि भएको क्लवका अध्यक्ष श्रवण देउवाले जानकारी दिए । श्रेष्ठ किराना पसल पिपल चौक संचालक गणेश श्रेष्ठ मुख्य प्रतियोगिताको पुरस्कार राशी प्रथमलाई दुई हजार, दोस्रोलाई १५ सय र तेस्रोलाई पाँच सय रहेको थियो ।