काठमाडौं । फिल्म ‘परदेशी २’को छायाँकन अझै सुरु हुन सकेको छैन । गत चैत्रमा सरकारले गरेको लकडाउनका कारण रोकिएको फिल्म दशै लगत्तै छायाँकन सुरु गर्ने निर्देशक नारायण रायमाझीले बताएका थिए ।
तर फिल्म छायाँकनका लागि सरकारले अनुमति नदिँदा काम सुरु गर्न नसकिएको निर्देशक रायमाझीले बताए । ‘अहिले म सुटिङका लागि अनुकूल समयको प्रतिक्षामा छु । अव सरकारले फिल्म क्षेत्रपनि खोल्छ होला,’ उनले भने ।
विदेश पढ्न गएका विद्यार्थी, उनीहरुको दुःख र संघर्ष बिषय बनाएको फिल्म दीलिप रायमाझी, केकी अधिकारी, वर्षा सिवाकोटी, गायक प्रकाश सपुत, प्रशान्त तामाङ, देवेन्द्र बब्लुलगायतको अभिनय रहनेछ । गायक प्रकाशले यो फिल्मबाट अभिनयमा डेब्यु गर्न लागेका हुन् ।‘परदेशी २’ ब्यवसायिक सफल फिल्म परदेशीको सिक्वेलको रुपमा निर्माण हुन लागेको हो ।