काठमाडौं । फिल्म ‘हिटलर’को ‘मःम चाउमिन’ बोलको गीत सार्वजनिक गरिएको छ । लोचन घिमिरेको शब्द, संगीत तथा स्वर गीतमा अभिनेता शोहित मानन्धर र अभिनेत्री सामिया बर्तौलाको अभिनय देख्न सकिन्छ ।
कमेडी जानरामा सामाजिक प्रेमकथा मिसाएर बनाएको फिल्ममा सौरभ ढकालले निर्देशन गरेका हुन् । अष्टनारायण पिक्चर्स प्रालिको प्रस्तुति रहेको फिल्ममा शोहित र सामियाको अलवा मेनुका प्रधान, दिवस धिताल, ए गुरुङलगायतका कलाकारको मुख्य अभिनय रहेको छ ।
मुगु र काठमाडौंमा छायाँकन भएको फिल्ममा अरुणराज पौडेलको छायाँकन र सूर्य थोकर लामाको द्वन्द्व रहेको छ ।