बझाङ, १४ कार्तिक/बझाङको बित्थडचिर गाउँपालिका ४ कि मुटु रोग पीडित दिपा बिकलाई उपचार गर्न आर्थिक सहयोग जुटेको छ।
बित्थडचिरका सहयोगी दाताहरूले संकलन गरेको ३७ हजार रुपैयाँ सहयोग शुक्रबार दिपाका दाइ बसन्त बिकलाई गाउँपालिका अध्यक्ष प्रेम बहादुर बोहराले हस्तान्तरण गरेका हुन्।
आर्थिक अवस्था कमजोर भएकि दिपाको उपचारमा समस्या भएपछि लकडाउन अबधिमै बित्थडचिरका सहयोगी दाताहरूले आर्थिक संकलन गरेका थिए ।
आर्थिक अभाव भएपछि उनको विगत सात महिनादेखि मुटुको शल्यक्रिया रोकिएको थियो । दिपाको उपचारका लागी आर्थिक सहयोग जुटेपछी नोभेम्बर ७ तारिखमा शल्यक्रिया हुने भएको छ । उनि १ वर्षदेखि भारतको नयाँ दिल्लीमा उपचार गराई रहेकी थिइन।
यस्तै भारतको नयाँ दिल्लीमा रहेका सामाजिक अभियनता हरिशले आर्थिक सहयोग संकलन अभियान संचालन गरि झन्डै दुई लाख बढी रकम जम्मा गरेका छन । उनले दिपाको उपचारको लागी सामाजिक संजालमा अभियाननै चलाएका थिए ।