धनगढी । सामाजिक कार्यमा सक्रिय दारी ग्याङ फूलबारीले दशैं–तिहारको उपलक्ष्यमा शुभकामना आदान प्रदान गरेको छ । दारी ग्याङले शनिबार धनगढी उपमहानगरपालिका वडा नम्बर १४ को डि गाउँमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो ।
सामाजिक दूरी कायम गर्दै दारी ग्याङ फूलबारीले गलामा दारी काँधमा जिम्मेवारी भन्ने मुला नाराका साथ शुभकामना आदान प्रदान गरेको जनाएको छ ।
कार्यक्रममा बोल्दै धनगढी उपमहानगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष राम बजारी चौधरीले दारी ग्याङ फूलबारीले समय समयमा समाजमा विभिन्न कामहरु गर्दै आएकोमा खुसी व्यक्त गरे । साथै उनले आगामी दिनमा दारी ग्याङ संग वडा कार्यालय विभिन्न कार्यमा सहकार्य गर्न तयार रहेको बताए ।
यस्तै अस्थाई प्रहरी पोष्ट फूलवारीका ईन्चार्ज ईश्वर सिंहले युवाहरुले गर्दै आएका विभिन्न कामहरु सह्रायिन भएको बताए । साथै उनले युवाहरुपनि बर्दिविनाका प्रहरी भएकोले आवश्यकता अनुसार सहयोग गर्न तत्पर रहनु पर्ने बताए ।
दारी ग्याङका मिडिया संयोजक पाण्डव पुजाराले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघ कैलालीका सदस्य कृत बिष्ट, न्यू बुद्ध स्पोट्स क्लबका अध्यक्ष महेश गोले लगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा माक्स र सेनिटाईजर प्रयोग गरिएको थियो । कार्यक्रममा टप केयर हस्पिटल प्राली र युवा पोल्टी फमले सहयोग गरेको थियो ।
दारी ग्याङ फूलबारीका संयोजक सुरेश भाटको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सन्तोष रोकायाले गरेका थिए ।