एजेन्सी / फिल्म बहुबलीकी निर्माता एसएस राजमौली अर्को फिल्म ‘आरआरआर’ बनाइरहेका छन् ।
यसमा एनटी रामराव जूनियर, रामचरण र आलिया भाट लीड रोलमा छन् । अजय देवगण पनि यसमा सानो रोलमा देखिनेछन् । फिल्मको कहानी स्वतन्त्रता सेनानिहरुले अंग्रेजहरुसँगको युद्ध लडेको रहेको छ । यो फिल्म तेलेगुमा बनाइएको छ ।
फिल्मको बजेट ३५० बाट ४०० करोडको बीचमा रहेको छ । भारतीय सञ्चामाध्यमका अनुसार स्टार नेटवर्कले फिल्मको टिभी र डिजिटल राइट्स २०० करोडमा किनेको छ ।