काठमाडौं २४ असोज । गायिका नेहा कक्कडको विवाहको खबरले बलिउड तथा सामाजिक सञ्जालमा केही दिनदेखि चर्चा भइरहेको छ । एक समय इन्डियन आइडल प्रतिस्पर्धाको क्रममा आदित्य झासँग बिबह गर्दै भन्ने खबरले पनि मिडिया तताएको थियो ।
नेहा आफैँले भने गायक रोहनप्रित सिंहसँगको तस्बिर सार्वजनिक गर्दै धेरैलाई चकित तुल्याइदिएकी छन् । भारतीय मिडियाका अनुसार अचेल पन्जाबी गायक रोहनप्रितसँग नै उनको विवाहको खबर आउन थालेको छ । रोहनप्रितसँगको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै नेहाले आफ्नो सम्बन्धबारे खुलेर लेखेकी छन् ।
नेहाले इन्स्टाग्राममा एक तस्बिर राख्दै उनले लेखेकी छन्, ’तिमी मेरो हो’ । यस्तो क्याप्सनसहित नेहाले दुईजनाको नामबाट ’नेहुप्रित’ ह्यास्ट्याग समेत गरेकी छन् । मिडियामा आएका खबर अनुसार नेहा र रोहनले दिल्लीमा आगामी अक्टोबर २४ मा विवाह गर्नेछन् ।
