धनगढी, २२ असोज/ अमेरिकामा स्थायी बसोबासको अनुमति प्राप्त हुने डिभी चिट्ठा २०२२ को आवेदन फाराम खुलेकोे छ ।
नेपाली समयअनुसार बुधबार राति ९ः४५ बजेदेखि डिभीको फाराम खुलेको हो । आउँदो कात्तिक २० गते राति १०ः४५ बजेभित्र फाराम भर्न सकिने नेपालमा रहेको अमेरिकी दूताबासले जनाएको छ ।
यस पटक डिभी भरेर छनौट हुनेहरुले सन् २०२२ मा अमेरिका जान पाउने छन् । फाराम भर्नका लागि आधिकारीक वेबसाइट डब्लु डब्लु डब्लु डट् डिभि लट्री डट् इस्टेट डट् जीओभी मा गएर निर्देशन अनुसार प्रक्रिया पूरा गर्नु पर्नेछ ।
डीभी कार्यक्रममा सहभागी हुनका लागि कुनै शुल्क नलाग्ने दूतावासले जनाएको छ ।