धनगढी, १७ असोज
धनगढी उप–महानगरपालिका वडा नं १७ को वडा कार्यालय भवनको शनिवार शिलन्यास गरिएको छ ।
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले कार्यालय भवनको शिलन्यास गरेका हुन । ९१ लाखको लागत स्टीमेटमा निर्माण भैरहेको वडा कार्यालय भवन एक बर्ष भित्रै निर्माण सम्पन्न हुने गरि ठेक्का सम्झौता गरिएको नगरप्रमुख नृपबहादुर वडले बताए । आफ्नो कार्यकाल भित्रै सबै वडा कार्यालयहरु निर्माण गरिसक्ने योजनाका साथ अगाडी बढेका छौं, नगरप्रमुख वडले भने, ‘ १९ वटा वडा कार्यालयहरु मध्य अधिकांस वडाको भवन निर्माण सम्पन्न भैसकेको छ, बाँकी रहेका वडा कार्यालय भवन पनि निर्माणको तयारी भैरहेको छ । वडा कार्यालय ब्यबस्थीत नभए सम्म वडा तहको कार्य सम्पादन ब्यबस्थीत हुन सक्दैन नगरप्रमुख वडले भने, त्यसैले पूर्वाधार निर्माण प्राथमिकतामा पारेका हौं ।

धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगन्नाथ पन्तले निर्माण कम्पनीलाई निर्धारित समयमा नै भवन निर्माण गर्नका लागि कार्यालय सहजीकरण गर्न तयार रहेको बताए । वडा अध्यक्ष माधव रानाले वडा नं १७ धनगढी उप–महानगरपालिकाकाले बढी प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।