धनगढी १६ असोज / कैलालीको गौरीगंगा नगरपालिकाका मेयर भीमबहादुर देउवालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृतलाई संक्रमण पुष्टि भएपछि जनप्रतिनिधी र अन्य कर्मचारीको कोरोना परीक्षण गरिएकोमा मेयर देउवालाई संक्रमण देखिएको हो।
शुक्रबार भएको परीक्षणमा उनको कोरोना रिपोर्ट पोजेटिभ आएको उप–मेयर अञ्चला चौधरीले बताईन् । ‘अहिले स्वास्थ्य अवस्था सामान्य छ,’ उनले भनिन्।
मेयर देउवा अहिले होम आईसोलेसनमा छन् ।