धनगढी, १६ असोज
कैलालीको धनगढी लगायत चार वटा स्थानीयतहमा संचालन भैरहेका सुरक्षित आप्रवाशन ( सामी) सुरक्षित बैदेशीक रोजगार सम्वन्धी परियोजनाको समिक्षा कार्यक्रम धनगढीमा सम्पन्न भएको छ ।
समिक्षा कार्यक्रममा परीयोजनाले आर्थिक बर्ष २०७६÷०७७ मा प्राप्त गरेका मुख्य उपलब्धीहरु, सिकाईहरु र देखापरेका चुनौतीका बारेमा छलफल भएको धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले बताए ।
बैदेशीक राजगारीलाई ब्यबस्थीत र सुरक्षित बनाउनका लागि धनगढी उप–महानगरपालिका , टिकापुर नगरपालिका, घोडाघोडी नगरपालिका र जानकी गाउँपालिकामा सुरक्षित आप्रवाशन ( सामी) सुरक्षित बैदेशीक रोजगार सम्वन्धी परियोजना संचालन हुदै आएको छ । परियोजना चारवटै स्थानीयतहको समन्वय तथा हेल्भेटास सामी र ट्रेस प्रा.लीको साझेदारीमा काम भैरहेको छ ।

‘सके सम्म बिदेश नजानुहोस जानु पर्ने भएपनि सबै कुरा बुझेर जानुहोस भन्ने सन्देश परियोजनाले दिने गरेको छ टिकापुर नगरपालिकाका प्रमुख तपेन्द्र रावलले भने, बिदेशबाट फर्किएका यूवायूवतीहरुलाई उद्यमशिलतामा लाग्न सहयोग तथा परामर्श समेत दिने भएकाले कार्यक्रम प्रभावकारी छ ।
ट्रेस प्रा.लि.का अध्यक्ष छत्र बमले जती सक्दो कार्यक्रमलाई प्रभावकारी बनाउन संस्था लागिपरेको बताए । कार्यक्रममा चार वटै स्थानीयतहका प्रमुखहरु, प्रमुख प्रशासकिय अधिकृतहरु, हेल्भेटास सामी र ट्रेस प्रा.लीका कर्मचारीहरुको सहभागिता थियो । कार्यक्रमको सहजीकारण ट्रेस प्रा.लि.का संयोजक टेकबहादुर बलायरले बताए ।