किशोर तमाङ्ग/
बोलौरी, १३ असोज/ कञ्चनपुरको पुरानो सदरमुकाम बेलौरीमा पुर्व विद्यार्थी समाज शान्ति मावि बेलौरीले नयाँ कार्यसमिति चयन गरेको छ।
गरिब तथा अनाथ बालबालिकाहरूको शिक्षाका लागि सहयोग र टेवा पुगोस भन्ने उदेश्यका साथ गठन भएको उक्त समितिले दोस्रो पटक नयाँ समिति चयन गरेको हो।
समितिका अध्यक्ष लोकेन्द्र कुवरको आतिथ्य र सस्थाका सस्थापक सुरज रावलको उपस्थितिमा एक औपचारिक कार्यक्रमका बिच शान्ती माबि शान्तिपुरको प्राङगणमा बसेको बैठकले नयाँ कार्यसमिति गठन गरिएको थियो।
पुर्व विध्यर्थी समाज शान्तीपुर बेलौरीको उक्त बैठकबाट नयाँ कार्य मुल समितीको रूपमा निर्विरोध अध्यक्षमा राजेन्द्र भट्ट चयन भई उनको नेतृत्वमा सात कार्य समिति गठन भएको छ। जसमा उपाध्यक्षमा बालकुमारी पोखरेल सचिवमा धन बहादुर रावल कोषाध्यक्षमा अन्जु सिह ठकुरी र सदस्यहरूमा क्रमसः अम्मर पार्क, डम्बर चौधरी, धन्सरा सुवेदी, ललिता थापा सर्वसम्मत रुपमा चयन भएका छन्।
यसरीनै उक्त समितिमा दुई संरक्षण रहने गरी शुरज रावलको संयोजकत्वमा पाँच सल्लाहकार समिति र दुई संरक्षक समिति समेत गठन भएको छ जसमा लोकेन्द्र कुवर, दसरथ साउद, बिजय, बिस्णु लगायत संरक्षक शान्ती माबि प्रध्यानाधपक प्रेवम बहादुर थापा र शान्ती माबिका सह प्रध्यानाधपक चन्द्र प्रसाद पोखरेल समेत सर्वसम्मत चयन भएका छन् ।