धनगढी/ भालुको आक्रमणबाट बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर १० सिगाडामा एकजना गम्भीर घाईते भएका छन्। आक्रमणमापरी ३६ वर्षीय युवक मने साउँद घाईते भएका हुन्।
घर नजिकै भैसी खर्कमा आज विहान शौचालय गर्न जाने क्रममा भालुले आक्रमण गरेपछि घाईते साउँदको अवस्था गम्भीर रहेको छ।
उनको अनुहारमामा चोट लागेको पारिवारिक स्रोतले जनएको छ। साउँदलाई उपचारका लागि बयलपाटा अस्पतालमा लगिएको छ।