धनगढी ११ असोज । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा आज १३ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा १३ जनामा संक्रमण पुष्टि भएको हो।
उपमहानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायका अनुसार वडा नम्बर १ का एक पुरुष, वडा नम्बर २ का चार पुरुष, वडा नम्बर ३ का तीन महिला, वडा नम्बर ५ का एक पुरुष, वडा नम्बर ८ का एक पुरुष, १४ का एक पुरुष र एक महिला तथा वडा नखुलेका एक जना गरी १३ जनामा संक्रमण पुष्टि भएको हो।
उनीहरु मध्ये पाँच जना प्रहरी छन् भने वडा नम्बर १४ का दुई जना भारतबाट फर्किएका व्यक्ति हुन्। अन्य संक्रमितको पहिचान नखुलेको जनस्वास्थ्य निरिक्षक उपाध्यायले बताए। योसंगै धनगढीमा संक्रमितको संख्या पाँच सय ८५ पुगेको छ।
त्यस्तै ,सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा चार सय चार जनाको कोरोना परीक्षण गरिएकोमा ४८ जनामा संक्रमण पुष्टि भएको हो।
प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार कैलालीका ४७ र कञ्चनपुरका एकजनामा संक्रमण पुष्टि भएको छ।
कैलालीको टीकापुर नगरपालिकाका १४ पुरुष र ७ महिला गरी २१ जना, गोदावरी नगरपालिकाका १३ जना पुरुषमा संक्रमण देखिएको सूचना अधिकारी श्रेष्ठले बताए।
वडा नम्बर १ का एक पुरुष, वडा नम्बर २ का चार पुरुष, वडा नम्बर ३ का तीन महिला, वडा नम्बर ५ का एक पुरुष, वडा नम्बर ८ का एक पुरुष, १४ का एक पुरुष र एक महिला तथा वडा नखुलेका एक जना गरी १३ जनामा संक्रमण पुष्टि भएको श्रेष्ठले बताए।
कञ्चनपुरको भीमदत्त नगरपालिका १० का एक पुरुषमा पनि संक्रमण देखिएको अस्पतालले जनाएको छ।