धनगढी ११ असोज ।
सुदूरपश्चिम प्रदेशमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा न ३ बर्दादेविका ३४ बर्षीय पुरुषको शनिबार जिल्ला अस्पताल अछाममा मृत्यु भएको हो ।
जिल्ला अस्पताल अछामले डोटी अस्पताल प्रयोगशालामा शुक्रबार भएको परीक्षणमा उनको रिर्पोट पोजिटिभ आएकोजनाएको छ । उनी भारतबाट आएर गाउँपालिकाले बनाएको आइसोलेशनमा बसेका थिए ।
स्वास्थ्य समस्या भएपछि शनिबार उनलाई जिल्ला अस्पताल मंगलसेन लागिएको थियो । उनको शनिबार बेलुका नौ बजे मृत्यु भएको जिल्ला अस्पताल अछामले जानकारी दिएको छ ।
यो संगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित मृतकको संख्या २० पुगेको छ ।