धनगढी, १० असोज
धनगढी उप–महानगरपालिकाद्धारा आयोजित एक दिने घटना दर्ता तथा सामाजिक सुरक्षा सम्वन्धी अभिमूखीकरण कार्यक्रम शनिवार सम्पन्न भएको छ ।
उप–महानगरपालिकाका १९ वटै वडाका वडा सचिवहरु, शाखा महाशाखाका प्रमुखहरु सहभागि उक्त अन्तरक्रियामा जन्म, मृत्यू र वसाईसराई ( घटनादर्ता) लाई कसरी अनलाईन सिस्टममा राख्ने भन्ने बिषयमा छलफल तथा अन्तरक्रिया भएको थियो । धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले अनलाईन मार्फत कसरी घटनादर्ता गर्ने र अनलाईन घटनादर्ता गर्दा पञ्जीकाधिकारीलाई परेका सिपगत समस्याका बारेमा छलफल भएको बताईन । सामाजिक सुरक्षा संग सम्वन्धीत रेकर्डहरु अनलाईन पद्धतीमा राख्दा सुरुमा सिपगत समस्या देखिनु स्वभाविक भएपनि अभिमूखीकरणले सजिलो बनाउने पनि उप–प्रमुख भट्टले बताईन ।

धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगन्नाथ पन्तले अभिमूखीकरण कार्यक्रम वडामा काम गर्ने पञ्जीकाधिकारीका लागि महत्वपूर्ण रहेको बताए । कतिपय साथीहरु प्रविधी संग नजिक हुन नचाहने र ढड्डामै काम गर्न रमाउने पनि छन् प्रमुख प्रशासकिय अधिकृत पन्तले भने, प्रविधीको प्रयोगले काम गर्न सजिलो मात्रै बनाउदैन समयको पनि बचत गराउँछ । त्यसैगरी कार्यक्रममा उपभोक्ता समिति गठन, सम्झौता प्रकृया, भुक्तानी गर्दा आवश्यक पर्ने कागजात र प्रकृयाका बिषयमा पनि अभिमूखीकरण गरिएको उप–महानगरपालिकाका डिभिजनल ईन्जिनीयर डिजराज भट्टले बताए ।