धनगढी, ९ असोज-कोरोना भाईरबाट सुरक्षित रहन स्वास्थ्य मापदण्ड अनुसार वस्तु तथा सेवा प्रवाह गर्न सरकारले भनेको छ । तर, कैलालीको जिल्ला प्रशासन कार्यालयमा भने त्यो नियमको धज्जी उडाएको । कोरोना संक्रमणबाट जोगिन सावधानी अपनाउन सरकारले भनेपनि कैलालीमा सरकरी अड्डाले नै मापदण्ड पालना गरेका छैनन् । स्वास्थ्य मापदण्डसंगै भौतिक दुरी कायम गर्नुपर्ने भएपनि स्थानीय प्रशासन कैलालीले उल्लंघन गरेको छ ।
लामो समय बन्दाबन्दीपछि सरकारले निषेधाज्ञा समेत अन्त्य गरेको छ । निषेधाज्ञा अन्त्यसंगै स्वास्थ्य मापदण्ड अपनाएर वस्तु तथा सेवा प्रवाह गर्न भनेको छ । तर, सरकारको मापदण्डलाई स्थानीय प्रशासन कैलालीले भने उल्लंघन गरेको सेवाग्राही धनगढी उपमहानगरपालिका २ बैयाबेहेडी निवासी तेजराज पनेरुको बताउछन् । कैलालीमा नियमन कारी निकाय स्वयं जिल्ला प्रशासन कार्यालय हो । महामारीको व्यवस्थापन गर्ने मुख्य अड्डा आफै रहेको स्थानीय प्रशासनले कुनै मापदण्ड पालना गरेको देखिएन ।
‘स्थानीय प्रशासनको दायित्व सेवा प्रवाह गर्नु हो तर, सेवा प्रवाह गर्दा यतिबेला त्यहा असामान्य अवस्था छ’ धनगढी ५ हसनपुरबाट प्रशासन कार्यालय पुगेका सेवाग्राही रामबहादुर बमले भने–‘सरकारी अड्डामै मापदण्ड अनुसार पालना गर्न र गराउन स्थानीय प्रशासनको ध्यान जानै पर्छ ।’
बिहान १० बजेदेखि नागरिक पालो लागेर सेवाको पर्खाइमा भएपनि काम ढिलासुस्तीले धेरै भडिभाड भएको सेवाग्राही रेखा चन्दको बताईन् । सेवागा्रहीककका लागि भौतिक दुरी रेखाङ्कन गरिएको पनि छ । सेवा लिने स्थान नजिकै पानीको ट्याङकी राखिएको छ । तर पानी र साबुनको व्यवस्था छैन् । यसरी सरकारले कार्यन्वयन गर्न अघि सारिएका नियमको सामान्य पालना गर्ने कार्यमा नियमनकारी निकाय नै गैर जिम्मेवार देखिएको सेवाग्राहीको भनाई छ ।
उता जिल्ला प्रशासन कार्यालय भने मापदण्ड पालना गराउदा पनि नागरिकको चापनै बढी भएकोले समस्या आएको बताएको छ । भिडिभाडलाई व्यबस्थित गर्ने कार्य अघाडी बढाएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत शिवराज जोशीले बताएका छन् ।


