मुना मटेली
रहेन त्यो सदभावको बोली रहेन
गोठाला लेकबेसी गर्दै सामल बोक्ने झोली रहेन
आधुनिकता सँगै भित्रीएको नयाँपन हो
नेपालको संस्कृति झल्काउने चोली रहेन।।
युवापुस्तामा यो मायाप्रेमको चलन बढे पछि
हो पहिलाको बेहुलीले चढ्ने डोली रहेन।।
बन बिनास भो अनि परेछ खडेरी ताल,
नदि अनि पानीसँगै खोली रहेन।।