कञ्चनपुर७ असोज । महेन्द्रनगरमा एउटा अश्लिल भिडियो सार्वजनिक भएपछि पीडितहरु छानविनको मागसहित प्रहरीमा पुगेका छन्। एक साताअघि प्रहरीमा पुगेका उनीहरुलाई प्रहरीले चित्तबुझ्दो जवाफ दिन सकेको छैन। धेरै जनाको मोबाइलमा ‘सेभ’ रहेको यो भिडियोमा किशोरी क्यामेराका अगाडि नग्न भएर अश्लिल गतिबिधि गरिरहेकी देखिन्छिन। भिडियो कसरी लिक भयो भन्ने बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ।
स्रोतका अनुसार महेन्द्रनगरकी ती किशोरी यही घर भई अहिले बिदेशमा रहेका आफ्ना केटा साथी संग प्रेममा थिइन। उनीहरुका बीचमा लामो समयदेखि प्रेम सम्बन्ध चलिरहेको छ। ती किशोरी र युवकका बीचमा फोन तथा भिडियोमा अश्लिल कुराकारी हुने र आफ्नै भिडियो आदानप्रदान हुने गरेको स्रोतले जनाएको छ। त्यहि क्रममा भिडियो लिक भएको देखिएको छ।
उक्त भिडियो किशोरीकी साथीले लिक गरेको हुन सक्ने आशंका छ। दुवै किशोरी मिल्ने साथी थिए। उनीहरुका बीच पनि अश्लिल भिडियो शेयर हुने गरेको थियो। त्यही क्रममा सहपाठीले नै लिक गरेको हुनसक्ने आँकलन प्रहरीले गरेको छ।
उक्त भिडियो धेरैको मोवाइलमा पुगिसकेको छ। किशोरीका बुवा आफै जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय पुगेपनि प्रहरीले भने जाहेरी दर्ता गरेको छैन। घटनाबारे आवश्यक छानविनपछि मात्रै जाहेरी दर्ता गर्ने प्रहरीको मनशाय छ। दुवै पक्षलाई बोलाएर प्रहरीले छलफल पनि गरिसकेको छ। ‘हामी कहाँ ठाडो उजुरी आएको छ,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमरबहादुर थापाले महेन्द्रनगरपोष्ट सित भने, ‘हामी दर्ता गर्ने भन्दा पनि यो घटनाका विषयमा बुझिरहेका छौं।’
पीडित पक्षले भिडियो लिक गर्नेलाई खोजेर कारवाही गर्न भन्दै निवेदन दिएको हो। केही दिनअघि महेन्द्रनगरकै एक रेष्टुरेन्टमा पनि यस्तै अश्लिल गतिबिधि गरिरहेको भिडियो सार्वजनिक भएको थियो। त्यसका बारेमा भने प्रहरी कार्यालयमा कुनै उजुरी परेको छैन्। त्यो भिडियो भने युवतीकै केटा साथीले लिक गरेको हुनसक्ने आशंका छ। महेन्द्रनगरमा पछिल्लो समय एकपछि अर्को गरी यस्ता अश्लिल भिडियोहरु सार्वजनिक भइरहेका छन्।