काठमाडौं – कलाकार पल शाहले बाग्लुङको ढोरपाटन नगरपालिका वडा नम्बर ८ र ९ मा पुगेर बाढीपीडितलाई राहत वितरण गरेका छन् ।पलसँगै गायक तथा मोडल दुर्गेश थापा पनि राहत वितरण गर्न बाग्लुङ पुगेका थिए ।
बाग्लुङ पुगेर दुर्गेश र पलले खाद्यान्न, सिरक–डसना र नगद रुपैयाँ ५० हजार ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली र वडा नम्बर ८ र ९ का वडाध्यक्षहरुलाई राहत वितरण गरेका हुन् ।पलले सामाजिक सञ्जालमार्फत आफूहरुले बाढीपीडितका लागि राहत वितरण गरेको बताएका छन् ।