• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

फिल्मको काम अनिश्चित भएपछि वेव सिरिज बनाउँदै फिल्मीकर्मी

काठमाण्डौ २२ भाद्र- विगत ६ महिनादेखि नेपाली चलचित्रको काम ठप्प छ । न त चलचित्र भवन नै सुचारु हुन सकेका छन्, न त छायांकनको काम नै भएको छ । कोरोना संक्रमण बढेसँगै दोश्रो चरणको लकडाउन जारी छ । यसले, चलचित्रको काम कहिलेबाट सुरु हुन्छ भन्न सकिने अवस्था छैन । चलचित्रको छायांकन र हल संचालन अनिश्चित जस्तै बनेको छ ।

यसैले, चलचित्रकर्मीहरुले पनि चलचित्रको विकल्प खोज्न थालेका छन् । करिब ५ महिना मौन नै बसेका चलचित्रकर्मीहरु अहिले वेव सिरिज निर्माणमा मन बनाउन थालेका छन् । कतिपयले त, वेव सिरिजको छायांकन पनि गरिसकेका छन् । निर्देशक नवल नेपालले ३ वटा चलचित्रको स्क्रिप्टसँगै करिब ५ भागको वेव सिरिजको पनि स्क्रिप्ट तयार पारिसकेका छन् । दशैं–तिहारसम्म ‘पर्ख र हेर’को अवस्थामा रहेका नवल यसपछि पनि चलचित्रको काम सुरु नभए वेव सिरिजको छायांकनमा लाग्ने बताउँछन् । उनी भन्छन्–‘आखिर काम त गर्नैपर्यो । चलचित्रको काम सुरु नभए यसै बस्ने कुरा पनि भएन । यसैले, वेव सिरिजको पनि स्क्रिप्ट लेखेको हुँ ।’

निर्देशक बसन्त निरौलाले चलचित्रमा काम गरिरहेका चल्तीका कलाकार लिएर वेव सिरिज बनाए । करिब ५ भाग खिचिएको यो सिरिजलाई चलचित्रकै शैलीमा खिचिएको छ । नाम तय नभैसकेको यो सिरिजको धुलिखेलको एक रिसोर्टमा करिब २ हप्ता लगाएर छायांकन गरिएको थियो । यो सिरिजमा नाजिर हुसेन, मुकुन भुषाल, रिस्ता बस्नेत, पवित्रा आचार्य, रविन्द्र झा, सुमन कोइराला लगायतका कलाकारको अभिनय छ ।

निर्देशक निरौलाले अब अर्को सिरिजको पनि छायांकन गर्ने तयारी भैरहेको बताए । तर, डिजिटल राइट्स भने कसैलाई पनि विक्री नगरिएको उनको तर्क छ । ‘राजनीति, आवेग’ जस्ता चलचित्रका निर्देशक निरौलाले चलचित्र निर्माणको वातावरण अहिले नभएकाले वेव सिरिज निर्माण गरेको बताउँछन् ।

यस्तै, कलाकार विनय श्रेष्ठले पनि ओएसआर डिजिटलसँग मिलेर ‘लभ सुत्र’ नामक वेव सिरिज निर्माण गरिरहेका छन् । करिब ५ भागको यो सिरिजको केही दिनको छायांकन भैसकेको छ । यो सिरिजमा विनय श्रेष्ठ, संजोग कोइराला, शिल्पा मास्के, सुरक्षा पन्त लगायतका कलाकारको अभिनय छ । यो सिरिज कुन डिजिटल प्लेटफर्ममा रिलिज हुन्छ, पक्का छैन ।

नायिका नीता ढुंगाना पनि वेव सिरिजको तयारीमा छिन् । चलचित्र ‘माया’ निर्माण गर्ने तयारी गरेपनि लकडाउनपछि वातावरण नभएको भन्दै उनले वेव सिरिज बनाउन लागेकी हुन् । उनले, कृष्ण र अर्जुनको कथामा करिब ४० भागको वेव सिरिज बनाउँदैछिन् । नीताले बनाउन लागेको वेव सिरिजको नाम ‘श्रीमद्भागवद् गीता’ राखिएको छ । यो सिरिजका लागि कलाकार र निर्देशक फाइनल भैसकेका छैनन् । चलचित्रको काम सुरु नभएपछि अहिले चलचित्र मेकरहरु धमाधम वेव सिरिजमा मन बनाइरहेका छन् । कतिपयले वेव सिरिज भनेर खिचिएपनि पछि चलचित्रको रुपमै टेलिभिजन र डिजिटल प्लेटफर्ममा विक्री गर्ने सोच समेत बनाएका छन् ।

सोमबार, भदौ २२, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एकहोरो हेराइ खै कता छ (गजल)
डोरेमिफा किड्स सिङ्गिङ प्रतियोगिता-२ मा कोरस तामाङ विजेता
धनगढीका जोशीको मुख्य अभिनय रहेको चलचित्र भागदौड प्रदर्शनमा

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.