काठमाडौं – गीतकार दधी अधिकारीको नयाँ गीत ‘मेरो माया हेरिदेउ एक फेरी’ सार्वजनिक भएको छ ।लोकप्रिय गायक एबं संगीतकार शिशिर योगीको संगीत तथा शिशिर योगी र रजिना रिमालको स्वर रहेको गीतको भिडियोमा मोडेल अञ्जली अधिकारी तथा दिक्पाल कार्कीले अभिनय रहेको छ ।
साईपल क्रियसनको निर्माण रहेको भिडियोमा राजन शाहीको कोरियोग्राफी, आवेश बज्राचार्यको छायाँकन र माधव बेलबासेको सम्पादन रहने छ ।भिडियोको निर्देशन प्रहिल कार्कीले गरेका हुन् । भिडियोमा प्रेम र रोमान्स देखाउन खोजिएको छ ।